अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित: ३० वर्षयताकै हतियारसम्बन्धी महत्त्वपूर्ण कानुन

अन्तरास्ट्रिय खबर । अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।

यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए ।  यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो ।  

गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।

यो विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ ‘तल्लो सदन’ ले पारित गर्न बाँकी छ । तल्लो सदनबाट यो कानुन पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गर्नेछन् । यो केही दिनभित्रै गरिने अनुमान छ ।  

नयाँ कानुनमा २१ वर्षभन्दा कम उमेरका खरिदकर्ताको पृष्ठभूमिबारे कडा अनुसन्धान गरिने र  मानसिक स्वास्थ्य र विद्यालयको सुरक्षामा वृद्धिका लागि संघीय कोषमा १५ बिलियन डलर छुट्याएको छ ।

यो विधेयक यसकारण पनि महत्वपूर्ण छ कि दशकौँपछि पहिलो पटक प्रस्तावित बन्दुक नियन्त्रण कानुनले डेमोक्र्याट र रिपब्लिकन पार्टीको समर्थन पाएको छ । विगतका दिनमा रिपब्लिकन पार्टीले अमेरिकी बन्दुक कानुनलाई बलियो बनाउने प्रयासमा रोक लगाउने गर्दथ्यो ।

वार्ताको सह–नेतृत्व गरिरहेका टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले ये नयाँ विधेयकले अमेरिकीलाई सुरक्षित बनाउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here