खनियाबास १ को माथीलो ‘उसी खोला’को जोखिम युक्त झोलुङ्गे पुलको मर्मत कार्य सुरु

धादिङ । खनियाबास-१, साबिक झारलाङमा रहेको माथिल्लो झोलुङ्गे पुलको मर्मत कार्य तीब्र रूपमा सुरु भैरहेको छ ।

उक्त झोलुङ्गे पुल १,२ वर्ष अगाडी देखि निकै डर लाग्दो अवस्थामा तल गए पछि , पुर्व वडा अध्यक्ष बुद्धि तामाङ आफै पुलको सर्वे गरी फर्कनु भएको थियो, र पुलबाट माँछे हिन्ने अवस्था समेत नदेखे पछि, तामाङले हिउदे बजेट ३ लाख त्यस पुलको मर्मतको लागि बिनियोजित गर्नु भएको थियो ।
पुल पहिला भन्दा २/३ फिट तल गए पछि हालका वडा अध्यक्ष सोनाम बहादुर तामाङले त्यो पुलको मर्मत चाडै गर्न निर्देशन दिनु भए पछि, ३१ गते देखी मर्मत कार्य सुरु भैरहेको हालका वडा अध्यक्ष सोनाम तामाङले होराईजन खबर जानकारी दिनु भएको छ ।

अध्यक्ष तामाङले भने ,बर्खा लाग्यो समस्या जाताततै छ,यो एक जनाको मात्रै समस्य नभै खनियाबास र रूबीभ्यालीका २ वटै गाउँपालिकाको हो । यस्को मर्मत कार्य चाडै भयो भने, बर्खाको बेलामा खनियाबस र रूबीभ्यालीका जनताहरुलाई आवत जावात गर्न सहज हुने तामाङले बाताउनु भयो।

त्यत्ति मात्रै नभै बर्खाको समयमा यातायातहरू नचल्ने भएकोले खनियाबासबाट रूबीभ्याली गा.पा. मा लाने खच्चर, सामान ,र गोठमा जाने यात्रुहरु जान आफठ्यरो भएकोले आफुले उपभोक्ता समितिहरु लगाएतको टिमलाई चाडै काम सम्पन्न गर्न समेत निर्देशन दिएको अध्यक्ष तामाङले बाताउनु भयो।

उनको भनाई अनुसार उक्त पुल अबको केही दिन भित्र मर्मत सम्पन्न हुने जानकारी दिनु भयो । तामाङले आफ्नो कार्यकालमा वडामा बिकासले फड्को मार्ने दावी समेत गर्नु भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here