आज देखि बालबालिकालाई फाइजर खोप लगाइँदै

असार – ९, काठमाडौं । सरकारले बिहिबारदेखि ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ। दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई दिन लागिएको यो खोप बिहीबारदेखि पहिलो चरणमा भने २७ जिल्लामा सुरु गरिएको हो। 

खोप अभियानको भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयमा युएसएड नेपाल मिसनका अधिकारीहरुले निरीक्षण गरेका छन्। पहिलो चरणमा २७ वटा जिल्लामा १५ असारसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ।
त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।  पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाइसकेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here