‘हेल्लो जिन्दगी’ फिल्मले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस अवार्ड

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस्’ अवार्ड जितेको छ ।
१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधाअन्तर्गत अवार्ड जितेको हो ।

निर्देशक सूर्य बोहोराले रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुदै आइरहेको फेस्टिवलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुशी लागेको बताए ।

यूके निवासी अभिनेता तथा निर्माता विक्रम डी जोशीले आफ्नो मेहनत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा हर्षित भएको जनाउदै आगामी दिनमा अझ सुन्दर फिल्ममा अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको बताए ।
गत वर्षको चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।
युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन तथा सह–निर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब विदेशमा प्रदर्शनको तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here