भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग जेसीसीको
बैठक आज बस्दै

अन्तरास्ट्रिय खबर । आइतबार  भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग (जेसीसी) को सातौं बैठक बस्ने भएको छ ।  भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशबीचको पहिलो भौतिक जेसीसी बैठक नयाँ दिल्लीमा बस्ने भएको हो  । बैठकमा विदेशमन्त्री एस जयशंकरले आफ्ना बङ्गलादेशी समकक्षी एके अब्दुल मोमेनसँग बैठकको सह–अध्यक्षता गर्नेछन्।

जेसीसी कोभिड–१९ को सन्दर्भमा सहयोग, सीमा व्यवस्थापन, सुरक्षा, व्यापार र लगानी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, विकास साझेदारी, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरू सहित द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने एजेन्डा तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारी फैलिएपछि यो बैठक पहिलोपटक भौतिक  उपस्थितिमा हुँदैछ । अघिल्लो बैठक भर्चुअल रूपमा  सन् २०२० मा भएको थियो। दुई देशहरू द्विपक्षीय सम्बन्धलाई बढावा दिन सहयोग परियोजनाहरूमा सञ्चालित छन् । चलिरहेको भारत–बङ्गलादेश रक्षा सहयोगको एक भागको रूपमा, भारत र बङ्गलादेशका सेनाहरूले भर्खरै बङ्गलादेशमा जुन ५ देखि जुन १६ सम्म संयुक्त सैन्य अभ्यासको १० औं संस्करण सञ्चालन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here