आजको मौसम पूर्वानुमान: यि प्रदेशमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना छ ।
आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here