आजदेखि आदर्श लघुवित्तको आईपीओ खुल्यो

असार – १ । आजदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० सय रुपैयाँ अंकित ६७ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

कुल निष्कासित सेयरमध्ये कर्मचारीका लागि १ हजार ३५ कित्ता सेयर छुट्याइएको कम्पनीले बताएको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ३ हजार ३५० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

आजदेखि खुलेको आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा मागअनुसारको आवेदन नपरेमा असार १५ गतेसम्म आवेदन मिति पुर्याइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी १८.१९ रुपैयाँ छ भने नेटवर्थमा प्रतिफल १२.०२ प्रतिशत छ । यसैगरी, सञ्चित नाफा÷नोक्सान १३ लाख ७४ हजार रुपैयाँ रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here