तीनवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना हुदा धादिङका मगरको निधन

धादिङ । नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटना हुदा धादिङको १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ८२ प ५६४५ नम्बरका बाइकमा सवार निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिया यामबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिया गणेश श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
तीनवटा गाडी एकआपसमा ठोक्किएको थियो ।

काठमाडौँतर्फ जाँदै गरेको माल बाहाक ना ५ ख ७३८६ नम्बरको ट्रक पछाडीबाट ब्याक भएर काठमाडौँ नै जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको थियो । दुर्घटनामा आइचरले काठमाडौँ तर्फ नै जाँदै गरेको बा. प्र. ०३(००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो । सोही क्रममा बाइक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here