खनियाबासमा एक दिने “टोल बिकास संस्था गठन तथा अभिमुखीकरण कार्यक्रम” सम्पन्न

धादिङ । उत्तरी धादिङको खनियाबास १ मा टोल बिकास संस्था गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको होराइजन संबाददाता अनिस तामाङले बताए ।

कार्यक्रममा सहायक प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ, प्राविधिकहरु श्रीसान तामाङ, अनिश सुनार र नापी कार्यालयका कर्मचारी बिस्वास खातिवडा, कृषि प्राविधिक सहायक पुष्कल श्रेष्ठ लगायतका ब्याक्तित्वहरुको उपस्थितिमा खनियाबस गाउँपालिका वडा न. १ का वडा बासी हरुसंग टोल सुधार समिति गठन गर्दा हुने फाइदाहरुको बारेमा बताउनु भयो ।

सहायक प्रमुख अधिकृत श्रेष्ठले कार्यक्रममाआफ्ना भनाइहरु राख्नु हुँदै भन्नू भयो टोल सुधार भयो, भने जून सुकै कामहरु गर्न सहज हुने र समाजको हक हितको लागि निकै फाइदा जनक हुने बताउनु भयो । यति मात्रै नभै गाऊँ टोलमा हुने पर्वहरु जस्तै: लोछार,दशै कार्यक्रमहरु र अन्य पर्वहरु गर्दा टोल सुधार समितिको रोहवरमा गर्दा कार्यक्रमहरु राम्रो भएको खण्डमा पालिका वा जून सुकै संस्थाले उच्च मूल्यांकन गर्न सक्ने श्रेष्ठले बताउनु भयो ।

त्यस्तै श्रेष्ठले उक्त अभिमुखी तालीम दिनुको मुख्य उद्देश्य भनेको गाऊँ समाजलाई परिवर्तन गर्दै सबैलाई समानताको सिद्धान्तको बाटोमा दोहोराउनु रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here