भुकम्पले क्षेति पुराएको ८ बर्ष पछि रुबीभ्यलीमा बन्दै नयाँ पुल: ९० प्रतिशत काम सम्पन्न

धादिङ । रुबीभ्याली गा.पा. वडा न. ५ र ६ को सिमानामा पर्ने भुम्ला खोलामा रहेको अत्यन्तै जोखिम युक्त पुलको विकल्पमा नयाँ पुल निर्माण भैरहेको छ । पुलको लगभग ९० प्रतीशत काम सम्पन्न भैसकेको र अबको केही दिनमै पुल मार्फत स्थानीय आवतजावत गर्न सक्ने पुलमा कार्यरत कर्मचारीहरुले होराईजन खबरलाई बताए ।

यत्रो समय बितिसक्दा पनि विभिन्न निकायलाई पटक पटक गुहार्दा पनि पुल बन्न सकेको थिएन ,, अघिल्लो स्थानीय सरकारलाई त झनै थुप्रै पटक प्रस्ताव राख्दा पनि चासो नै नदेखाएको स्थानीयको गुनासो छ । “UMN द्वारा मर्मतको निम्ति भनी प्राप्त रकम समेत विभिन्न बाहाना बनाई हिनामिना भयो, साथै पुल बन्नुको सट्टा झनै जोखिम बढ्यो” स्थानीय बताउन्छन ।

अन्त्यमा WFP को सहयोगमा अघिल्लो बर्ष देखि सुरु भएको निर्माण कार्य अबको केही दिन मै सम्पन्न हुदैछ ।

यो पुल बनी सके पछि यश पुल बाट हिड्ने दर्जनौं विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न एबं ६/७ वटा गाउँका स्थानीयलाई हिड्न सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here