सेयर बजार परिसूचक नेप्से १४ अंकले गिरावट

काठमाडौ । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार १४ अंकको गिरावट भएको छ । अघिल्लो दिन १७ अंकले घट्दै २ हजार ६२ अंकमा झरेको बजार थप १४.६४ अंकले घट्दै आज २ हजार ४८.१६ अंकमा झरेको हो । 

उसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज १४ अंकले घटेको बजारमा अनपेक्षित रुपमा कारोबारमा समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३० लाख ४५ हजार कित्ता सेयर बजारमा १८ हजार पटक किन बेच हुँदा जम्मा ८९ करोड ४१ लाख १२ हजार रुपैयाँको मात्र कारोबार भएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.०२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.३ प्रतिशतले घटेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here