धादिङको त्रिपुरासुुन्दरीमा पहिरोले घर सहित पुरिदा एक जना बेपत्ता

धादिङ । त्रिपुरासुुन्दरी गाउँपालिका ५ घिमिरे गाउँमा गए राति पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक सुचना अधिकारी राम थापाका अनुसार राती अन्दाजी साढें १२ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि घिमिरेगाउँका ५५ वर्षीय सिताराम भन्ने नेत्रप्रसाद खाँड हराईरहेका छन् ।
रातीको समयमा अबिरल वर्षाकाकारण भुकम्पबाट पुनःनिर्माण गरिएको घर माथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्को सहितको लेदोले पुरिएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्य अर्काे घरमा रहेकोले सकुशल रहेका छन् । खाँणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।
ठुलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । उद्दारमा स्थानीय जनता, समाजसेवीहरु र नेपाल प्रहरी लागि रहेको बताईएको छ । घटना स्थल क्षेत्रमा जेसीवी जान नसकेको र थप उद्धार टोलि आवश्यक भएको नेपाल रेडक्रस सोसाईटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here