बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीनजना साहित्यकार र एक संस्थालाई सम्मान

काठमाडाैँ । सरकारले यसैबर्ष स्थापना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीनजना साहित्यकार र एक संस्थालाई सम्मान गर्ने भएको छ । दुई विधामा दूई दुई लाख राशी रहेको पुरस्कारबाट यसपटक राजनीतिक दर्शनतर्फ बीपी संग्रहालय सुन्दरीजल र लेखक पुरुषोत्तम बस्नेतलाई सम्मान गर्ने घोषणा गरेको छ ।
यस्तै साहित्यिक विधामा काव्यतर्फ विष्णुविभु घिमिरे र आख्यानतर्फ ध्रुबचन्द्र गौतमलाई सम्मान गर्ने घोषणा गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here