नुवाकोटमा तामाङ चलचित्र “टु” को प्रदर्सन, दर्शकको उत्साहजन उपस्थिति

नुवाकोट । नुवाकोट जिल्लाको बिदुर नगरपालिका १ ढुंगेमा तामाङ भाषाको चलचित्र टु अर्थात पसिना प्रदर्शन भएको छ । साथै सोही कार्यक्रममा स्थानीय तहकाे निर्वाचणमा किस्पाङ गाउपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान समेत गरिएको छ ।

फिल्म प्रदर्शन तथा सम्मान कार्यक्रमलाई सम्बाेधान गर्दै बागमती प्रदेश समितिका सदस्य आश माया तामाङले तामाङ भाषाकाे चलचित्र निर्माण गरेर लाेप हुदै गएको तामाङकाे परम्परागत कुराहरू संरक्षण गरेकाे बताउदै चलचित्र निर्माण टिमलाई बधाई दिनुभएको छ । साथै उहाले ल्फिम असाध्यै राम्रो लागेको र अझै यस्तै चलचित्र हरू निर्माण गर्न सुझाव दिदै आफ्नो तबरबाट गर्न सकिने साथ समर्थन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तामाङ भाषामा आधारित चलचित्रमा लाेप हुँदै गएका तामाङ कला, सस्कृति, तामाङ समुदायकाे परम्परागत कुराहरू संगै राेजगारकाे लागि विदेश जानू भन्दा आफ्नै समुदायमा विभिन्न व्यसायी गरेर बस्नुपर्ने सन्देशलाई समेटिएर तयार गरेकाे ल्फिमका लेखक सि्ग बाहादुर तामाङले जानकारी दिनुभएकाे छ । उहाका अनुसार हिजो (शनिबार) भएको प्रदर्शन दोश्रो प्रदर्शन भएता पनि दर्शकको उत्साह जनक सहभागीता भएको छ । यश अघि जेठ १५ गते काठमाडौंमा पहिलो प्रदर्शन भएकोमा अब जेठ २७ गते रसुवामा र केही दिनमा नै धादिङ लगायत तामाङ समुदाय भएको स्थानहरुमा प्रदर्सन हुने र विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको तामाङले जानकारी दिनुभएकाे छ ।
ल्हाप्साङकर्पो म्युजक सेन्टरका प्रोपाइटर एंवम टु ल्फिमका निर्देशक राेषण फ्युबा तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा किस्पाङ गाउपालिकाक अध्यक्ष विरबल तामाङ, त्यसै गाउपालिका वडा नम्बर १ का अध्यक्ष पशुपति घले, निवर्तमान वडा अध्यक्ष आइते घले, मेन्दाेमाया युवा समाजका सस्थापन तथा वाइब समाजका अध्यक्ष विगेन्द्र वाइब तामाङ लगाएतकाे उपस्थित रहनु भएको थियो ।
नुवाकोटको किस्पाङ गाउपालिका लगायत तामाङ समुदायको रहन सहन तथा बस्ति भएको स्थानहरूमा छायांकन गरिएको यश चलचित्रमा सिंग बाहादुर तामाङ, रूप यश घले, विगेन्द्र वाइब तामाङ, मार्मेन तामाङ, प्रकाश तामाङ, युजिला माेक्तान,फुर्बा तामाङ, मिलन एस वाइबा लगायतको भुमिका रहेकाे चलचित्रका निर्देशक राेशन फ्युबाले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here