धादिङका कुल बहादुर गुरुङ नेपाल पर्वतारोहण संघको अध्यक्षमा चर्चा

काठमाडौ । नेपाल पर्वतारोहण संघ (एनएमए) को यहि जेठ २७ र २८ गते नयाँ नेतृत्व चयन हुदै छ ।
त्यससँगै नेपाल पर्वतारोहण संघको अध्यक्षमा कुल बहादुर गुरुङको चर्चा भएको छ । गुरुङ हाल नेपाल पर्वतारोहण संघ (एनएमए)को महासचिव समेत हुन । गुरुङ एलाइन्स ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।
पर्वतीय पर्यटनको क्षेत्रमा लामो समय बिताएका गुरुङ अब्बल र सक्षम नेतृत्व भएका व्यवसायी हुन । ऊनी विभिन्न पर्यटकीय संघ संस्थाहरुमा आवद्ध भइ काम गरिसकेका छन । गुरुङ पर्वतीय गतिबिधीहरु हुने विश्वभरका देशहरुका छाता संस्था विश्व क्लाईबिङ्ग एण्ड माउन्टेनीयरिङ्ग महासंघ (UIAA) को ब्यवस्थापन कमिटी सदस्य समेत हुन ।
गुरुङ अगामी हुन गइरहेको निर्वाचनमा नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा दाबी सहित सर्वसम्मति गर्ने तयारीमा रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here