सुन-चाँदीको मुल्यमा वृद्धि

काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार रुपैयाँमा पुगेको छ । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here