सुष्मा गुरुङ बनिन् पहिलो ‘मिस तमुस्यो लमजुङ २०२२’

लमजुङ । पहिलो मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जित्नुभएको छ ।  दोर्दी गाउँपालिका ९ हिलेटक्सार घर भइ हाल बेंसीशहर बस्दै आउनुभएकी गुरुङ शनिबार बेंसीशहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल हुनुभएको हो ।
वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेंसीशहर र पाचोक नौथर तमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तराष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरीलगायतले ताज पहिराउनुभएको थियो । 
प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङ हुनुभएको छ । उहाँहरुलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्नन गिफ्टह्याम्पर प्रदान गरिएको थियो । 
विजयी सुष्माले वेष्ट डिसिप्लिङको अवार्ड समेत जित्नुभएको छ । वेस्ट फिगर र वेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, वेस्ट वाकको अवार्ड ज्योति गुरुङ, वेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, वेस्ट स्माइल र मोष्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जित्नुभएको छ । कार्यक्रममा आयोजक विजेता बन्नुभएका माया गुरुङले वेस्ट हेयर, निरुता गुरुङले वेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाउनुभएको छ । 
त्यस्तै Mrs Nepal Idol 2021 बिजेता सोनिया गुरुङ द्वारा सहभागी प्रतियोगीहरुलाई कोरियोग्राफरको रुपमा १ महिने प्रशिक्षण दिनु भएको थियो । प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहनुभएको थियो । कार्यक्रममा बेंसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here