तामाङ चलचित्र पसिना ‘टु’ ज्येष्ठ २१ गते नुवाकोटमा प्रदर्शन हुने

नुवाकोट । ल्हाप्साङकर्पो म्युजक सेन्टरको आयोजनामा नुवाकोटमा तामाङ चलचित्र पसिना अर्थात तामाङ भाषाबाट (टु) प्रदर्शन हुने भएको छ ।

ज्येष्ठ २१ गते विदुर -१ ढुंगेको याङरा होटेलमा बिहान ११ बजे प्रदर्सन हुने आयोजक समितिले जनाएको छ ।

तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र “टु” मा विशेष गरी पुर्खाको पसिना र पुर्खाले आर्जेको भुमिको महत्त्व बारेमा भावी पुस्तालाई सन्देश दिन खोजिएको छ । तामाङ समुदायको यथार्थ जीवन बोकेको फिल्मले सांस्कृतिक जागरणका निम्ति महत्वपूर्ण भूमिका समेत खेलेको छ । साथै, फिल्मले नयाँ पुस्ताले भुल्न लागिसकेको तामाङ रीतिरिवाज र कला संस्कृति, मौलिक तथा परम्परागत मुल्य मान्यताहरुलाई प्रस्तुत गर्दै जिवन्त बनाउने कोसिस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here