प्रसिद्ध पप गायिका शाकिराले गरिन पति संग सम्बन्ध बिच्छेद

काठमाडौ । कोलम्बियाकी प्रख्यात पप गायिका शाकिरा आफ्ना पति तथा स्पेनका दिग्गज फूटबल जेरार्ड पिकेबाट अलग्गिने भएकी छन् । उनले पिकेमाथि अन्य महिलासँग सम्बन्ध रहेको र आफूलाई धोका दिएको आरोप लगाएकी छन् ।
समाचारअनुसार पिके अन्य महिलासँग सम्बन्धमा छन् । जसकारण उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । शाकिरा र पिके हलिउडको रुचाइएका जोडीमा पर्छन् । दुवै दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए । त्यो बेलाको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरुसँगै देखिएका थिए ।

पिके हाल शाकिरसँग अलग्गिएर बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । स्पेनिस पत्रिका अल पीरियोडिकोका अनुसार पिकेका छिमेकीहरुले कैयौं पटक उनीहरुलाई एक घरमा आउजाउ गरिरहेको देखेका छन् । यसबाहेक उनी बार्सिलोनाको रात्री जीवनमा पनि रमाइरहेका छन् ।

३५ वर्षीया पिकेले स्पेनको अलावा दिग्गज क्लब बार्सिलोनाबाट फुटबल खेलिरहेका छन् । यद्यपि लामो समयदेखि उनी क्लबको मुख्य डिफेन्डरको सूचीबाट बाहिर आइसकेका छन् । उनलाई सुरुवाती प्लेइङ–११ मा स्थान दिइएको छैन । क्लबमा मेनेजर जाबी हर्नान्डिज ला लिगामा पिकेको स्थानमा रोनाल्ड अराउजो र एरिक गार्सियालाई अवसर दिइरहेका छन् ।
पिके र शाकिराले विवाह गरेका छैनन् र उनीहरुबीच १० वर्षको उमेर अन्तर छ । पिके शाकिरा भन्दा १० वर्ष कान्छा हुन् । उनीहरुको दुई सन्तान छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here