सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । जुन, आज ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।

यसैगरी, हिजो बुधबार तोलामा ९६ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज बढेर ९७ हजार १०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । यसका साथै, आज चाँदीको कारोबार मूल्य पनि १५ रुपैयाँले बढेको छ । यससँगै, हिजो बुधबार प्रतितोला १२ सय ५० रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको भाउ आज १२ सय ६५ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here