१० दिनमा ‘भूल भुलैया २’ ले कमायो १ सय २२ करोड

काठमाडौ । कार्तिक आर्यन र कियारा आडवाणीको अभिनय रहेको फिल्म ‘भूल भुलैया २’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। फिल्मका अधिकांश शो हाउसफुल भइरहेको छ। भुल भुलैया २ ले धेरै कमाई गर्दै १०० करोडको क्लबमा सामेल भएको छ र यसको कमाई निरन्तर बढिरहेको छ ।
कार्तिक आर्यन र कियारा आडवाणी फिल्म ‘भुल भुलैया २’ मार्फत बक्स अफिसमा राज गरिरहेका छन् । फिल्मको दोस्रो सप्ताहन्त कमाईको हिसाबले उत्कृष्ट रह्यो । फिल्मले दोस्रो हप्तामा नै सय करोडको आँकडा पार गरेको छ ।
फिल्मले शनिबार ९ औं दिन ११.३५ करोड कमाएको थियो भने १० औं दिन आइतबार पनि फिल्मले राम्रो कमाई गरेको छ । भुल भुलैया २ ले आइतबार १२.७७ करोड कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन १० दिनमा १२२.६९ करोड पुगेको छ ।
भुल भुलैया २ ले पहिलो दिनमा १४.११ करोड कमाएर खाता खोलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here