तारा एयरलाइन्सको जहाज बेपत्ता: खोजीको लागी दुईवटा हेलिकोप्टर परिचालन

काठमाडौ । पोखराबाट जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरलाइन्सको जहाज खोज्न दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको जहाज हराएपछि जोमसोमबाट एउटा हेलिकोप्टर खोजीमा उडिसकेको छ।

त्यस्तै काठमाडौंबाट पनि अर्को हेलिकोप्टर मुस्ताङतिर गइसकेको उनले बताए। 

‘अहिलेसम्म पनि जहाज बेपत्ता नै छ। खोजीका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ’, आचार्यले भने, ‘काठमाडौंबाट पनि अर्को हेलिकोप्टर उडिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here