विश्व प्रशिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ नेपाली

काठमाडौ । विश्व प्रशिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली पनि परेका छन् ।
फोर्ब्सले हरेक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची निकालेको छ । जसमा एशियाका ३० प्रभावशाली युवामा ५ जना नेपाली परेका हुन् ।
यो सूचीमा पर्नेमा ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे छन् ।
२८ वर्षकी ऐश्वर्य रानी सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी छन् । उनी महिनावारी स्वच्छतामा क्रियाशिल संस्था पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । पुतली नेपालले महिनावारीका बेलामा महिलाहरुलाई कप तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्दै आएको छ ।
सूचीमा परेका २९ वर्षका सुजित पाठक कञ्जुमर टेक्नोलोजी विधाबाट यो सूचीमा परेका हुन् । उन इनग्रेल नेपालका सह-संस्थापक हुन् ।
फोर्ब्सको सूचीमा परेका २७ वर्षका सुमित दाहालले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् । उनी नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् ।
यस्तै काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दैै आएको अफरिङ ह्यापिनेसका संस्थापकहरु निरज काफ्ले र सन्तोष पाण्डेलाई पनि फोर्ब्सले एशियाका प्रभावशाली युवाको सूचीमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here