नेत्रावती डबजोङमा काँग्रेसका उम्मदेवार, अध्यक्ष रिजाल र उपाध्यक्षमा गुरुङ विजयी

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ विजयी भएका छन ।रिजालले दुई हजार ५ सय ४२ मत ल्याए भने उनका प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ गुरुङले १ हजार ६ सय ८३ मत प्राप्त गरिन् ।

त्यस्तै उपाध्यक्षमा गुरुङले २ हजार ७ सय ८६ मत प्राप्त गरिन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका विना कुमारी मम्बा तामाङले १ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।

पाँच वटा वडा रहेको यस गाउँपालिकाको चारवटा वडामा काँग्रेस र एक वटामा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट वडा नं १ मा ठाकुर गुरुङले ६ सय ३, वडा नं २ मा मिनबहादुरर तामाङले ३ सय १०, वडा नं ३ मा सुरेश गुरुङले ४ सय २९, वडा नं ५ मा हरि अधिकारीले ७ सय २७ मत प्राप्त गरे भने नेकपा एमालेबाट वडा नं ४ मा तिलबहादुर गुरुङले ५ सय ८४ मत प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here