खनियाबासको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा माओवादीका सेक्केमान तामाङ बिजयी

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा गठबन्धको तर्फबाट कांग्रेसका रणबहादुर तामाङ विजयी भएका छन उनी अघिल्लो स्थानीय निर्वाचनमा पनि कांग्रेसबाटअध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सेक्केमान तमाङ अत्याधिक मतका साथ विजयी भएका छन् ।
अध्यक्षमा पदमा रणबहादुर तामाङले १६०९ मत विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी स्वतनत्रका फुलबहादुर तामाङले १३९६ मत ल्याएका थिए । उपाध्यक्षमा अत्याधिक मतका साथ माओवादी केन्द्रका सेक्केमान तामाङले १८२७ ल्याउदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी राप्रपाबाट मरियम तामाङले १२२७ मत प्राप्त गरेकी थिइन ।

त्यस्तै वडा हरुमा वडा नं १ मा राप्रपाका सोनामबहादुर तामाङ, वडा नं २ मा राप्रपाका अरुण कुमार पाख्रीन, वडा नं ३ मा राप्रपाका कमान सिङ तामाङ, वडा नं ४ मा कांग्रेसका लिलामान तामाङ र वडा नं ५ मा एमालेका रविन तामाङ बिजयी हुन सफल भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here