रुबीभ्यालीमा नयाँ इतिहास: अध्यक्षमा माओवादीका रामसिङ तामाङ उपाध्यक्षमा फेलामा तामाङ

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिङ तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुई हजार पाँच सय ९७ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन् । उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।
रुविभ्याली वडा नं १ मा कांग्रेसका पम्बर तामाङले तीन सय ५२, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रुप घलेले २ सय ७४, वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङले ५ सय ३ मत प्राप्त गरेका छन् ।
वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङले ५ सय ४, वडा नं ५ मा नेपाली कांग्रेसका रम्बा घलेले ९ सय ९१ र वडा नं ६ मा एकीकृत समाजवादीका समिर गुरुङले ३ सय १६ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here