धादिङमा १३ वडाको नतिजा सार्वजनिक: वडा/पालिकाको पछिल्लो मतपरिणाम

वावुराम श्रेष्ठ, धादिङ । धादिङको १३ वटा स्थानीय तहको मतपरिणाम आउने क्रम जारी रहेको छ । २ नगरपालिका र ११ वटा गाउँपालिकाका १०४ वडामध्ये १३ वडाको नतिजा सार्वजनिक भएको छ ।

जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३, राप्रपाले २, एकिकृत समाजबादीले १ वडामा जित हाँसिल गरेको छ । यस्तै धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उहाँका निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ मत, कांग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए । नीलकण्ठ १ बाट पालिका अध्यक्ष तर्फ गठबन्धन रुखले ४२६ मत, सुर्यले ३३८ मत, उपप्रमुखमा गठबन्धन हसिया हथौडा ५४१ मत, सुर्य ३६२ मत, गुलाव१९० मत प्राप्त गरेको छ । यस्तै बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्नु थपा र कांग्रेका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् । अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका थपाले ८६७ मत ल्याएका थिए । यस्तै धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार ठाकुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गुरुङले ६ सय ३ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगरले ४ सय ११ मत ल्याए भने एमालेका ईश्वर थापा मगरले १ सय ९ मत ल्याएका छन् । गुरुङ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । १ हजार ५ सय १० मत ल्याएका उनी तेस्रो भएका थिए । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षको उम्मेदवार बनेर पराजित भएका उनी यस पटक भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमा भारी मतले निर्वाचित भएका हुन् ।

यसअघि माओवादीले जितेको नेत्रावती डवजोङ १ मा यो पटक कांग्रेसले बाजी मारेको छ । ०७४ सालमा माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी बनेका थिए भने यो पटक कांग्रेसका पालिका सभापति समेत रहेका गुरुङले ६०३ मत ल्याई विजयी भएका हुन् । यस्तै पालिकाको अध्यक्ष तर्फ यस वडाबाट हँसिया हथौडालाई ४७६, रुखलाई ३८४ र सूर्यलाई ९६ मत प्राप्त भएको छ भने उपाध्याक्ष तर्फ रुखले ५४५, हँसिया हथौडा ४१९ र सुर्यले ११० मत ल्याएका छन् ।

यस्तै उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार पम्बर तामाङ ३५२ मत सहित विजयी भएका हुन् । उहाँका निकटम प्रतिद्वन्दीहरु राप्रपाका चुमथापा तामाङले २९० र एमालेका पिटर तामाङले १४० मत ल्याएका थिए । यस्तै पालिकातर्फ अध्यक्षमा गठबन्धन ३४२, राप्रपा ४२१ उपाध्यक्ष तर्फ गठबन्धन ३७८, राप्रपा २९२ म त प्राप्त गरेका छन् । यसै गरी धादिङको रुवीभ्याली गाउँपालिका वडा न २ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका रुपा घले विजयी भएका छन् । उहाँले २ सय ७४ मत प्राप्त गरी बिजयी भएका हुन् । उहाँका प्रतिद्वन्दी राप्रपाका उम्मेदवार सुन्दर तामाङले १ सय ४४ मत ल्याएका थिए । एमालेका उम्मेदवार हेम थापा तामाङले ७३ मत ल्याएका छन् । यसै गरी धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गर्दै खतिवडा विजयी भएका हुन् । जितका लागि यदुले ११३५ मत ल्याए भने माधव ९९६ मत ल्याएका थिए । यस वडाबाट पालिका अध्यक्षतर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाएका छन् । भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन् । यसै गरी गंगाजमुना गाउँपालिका वडा न १ मा माओवादी केन्द्रका बहादुर सिह लामा बिजय भएका छन् । उहाँले ५५३ मत हाँसिल गर्दै बिजय भएका हुन् । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार ४५२ मत प्राप्त गरे । सोहि वडामा एकिकृत समाजवादीका उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् ।

यसै गरी धुनीबेशी नगरपालिका वडा नम्बर १ मा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका मानबहादुर तामाङ बिजयी भएका छन् । उहाँले १ हजार ५१ मत प्राप्त गरी गठबन्धन तर्फको प्यानल नै बिजयी भएका छन् । उहाँका निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ८७६ र राप्रपाले ६८ मत प्राप्त गरेको छ ।

यसै गरी ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कृष्ण गिरी विजयी भएका छन् । गिरीले ५०१ मत ल्याउँदै विजयी भएका हुन् भने उहाँका निकटम प्रतिद्वन्दी काँग्रेसका ईश्वर आले मगरले ४९४ मत ल्याएका छन् । धादिङकोे गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनालको प्यानल बिजयी भएको छ । खनालले वडाअध्यक्षमा १०४७ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवारले १०३१ मत ल्याउनु भएको छ । खनालले गठबन्धनको तर्फबाट एकीकृत समाजबादीका उम्मेदवार रमेश थापालाई १६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । खनालले २०७४ सालमा पनि यहि वडाबाट अध्यक्षमा जित्नु भएको थियो । वडा नं २ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको १०३७ , कलम चिन्हको ८९५ र उपाध्यक्ष पदमा सुर्य चिन्हको ११२१ र रुख चिन्हको ८८१ मत प्राप्त भएको छ ।

गल्छी गाउँपालिकाको १ र २ नम्बर वडाको मतगणना सम्पन्न हुँदा गाउँ पालिका अध्यक्षमा नेकपा (एमाले), केदारनाथ खतिवडालाई २ हजार ४ सय ४९ मत प्राप्त भएको छ भने गठबन्धनको समाजवादीका कृष्णहरी श्रेष्ठलाई १ हजार ६८७ मत प्राप्त भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी राधा तिमल्सिनालाई २ हजार ४५ मत मत प्राप्त भएको छ भने गठबन्धनको नेपाली कांग्रेसका भाइकाजी तिवारी १ हजार ९९० मत प्राप्त गर्नु भएको छ ।

धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा राप्रपाका सोनाम लामा विजयी भएका छन् । उहाँका निकटम प्रतिद्वन्दी एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै लामाले देशभरमै राप्रपाको खाता खोलेका हुन् । विजयी लामाले २ सय ३७ मत पाएका छन् । एमालेका उम्मेदवारले १ सय ९० र कांग्रेसका उम्मेदवारले १ सय ८२ मत प्राप्त गरेका छन् । कुल ८ सय २६ मतदाता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here