आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ , यस्ताे छ आजको सुनको मुल्य

काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १३ सयले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, आज आइतबार चाँदीको मूल्य पनि ताेलामा १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घट्दै १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here