स्थानीय तहको निर्वाचनमा विद्यालय बन्दबारे शिक्षा मन्त्रालयले जारी गर्यो सूचना

काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन दिन विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईकालाई आग्रह गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७९/१/२१ को पत्र बमोजिम यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालनका लागि तीन दिन विद्यालय बन्द गर्नुपर्ने भएकाले उक्त निर्णय कार्यान्वयन गर्न केन्द्रले इकाईलाई आग्रह गरेको हो ।
२०७९/१/२८ गतेदेखि ०७९/१/३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन केन्द्रले अनुरोध गरेको छ ।
सो अवधिभर विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठन गराउन पनि केन्द्रले अनुरोध गरेको छ । केन्द्रको पत्रअनुसार इकाईलाई सहजीकरण गरिदिन स्थानीय पालिकाहरूलाई पनि केन्द्रले अनुरोध गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here