चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ भित्र्यायो

आर्थिक खबर । चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको हो ।

चौधरी ग्रुपका अनुसार, माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टीमर, स्ट्यान्ड फ्यान, फूड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पीटीसी सिरामिक हिटर, ओएफआर हिटर) नेपाली बजारमा पहिले देखि नै विक्री वितरण गर्दै आईरहेको छ साथै ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याक्युम क्लिनरहरू (ब्यागलेस, ड्रम – ड्राइ, ड्रम (वेट एण्ड ड्राइ), वासिङ मेसिन,  वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरू ल्याउने योजना बनाएको छ । योसँगै कम्पनीले माइडिया ब्राण्डका अन्य धेरै उत्पादनहरू पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here