कांग्रेस धादिङ द्वारा बागी उम्मेदवारहरुलाई कार्बाही

धादिङ । नेपाली कांग्रेस धादिङ द्वारा बागी उम्मेदवारहरुलाई प्रेस विज्ञप्ति निकाल्दै कार्बाही गरेको जनाएको छ ।

नेपाली कांग्रेस धादिङको प्रेस विज्ञप्ति

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका सदस्यहरूलाई उम्मेदवारी फिर्ताका लागि केन्द्रीय कार्यालयले बैशाख १६ गते सार्वजनिक अनुरोध गरेकोमा कतिपय सदस्यले फिर्ता नलिएका र दलगत रूपमा उम्मेदवारी दिएकोमा नेपाली कांग्रेससहितका गठबन्धन दलहरूबीचको सहमतिबमोजिम पार्टीको आग्रह अनुसार उम्मेदवारी फिर्ता लिनुपर्ने कतिपय सदस्यहरूले फिर्ता लिन अस्वीकार गरेका पार्टी सदस्यहरूलाई,

प्रस्तावक र समर्थक बनेका पार्टी सदस्य समेतले उक्त उम्मेदवारीप्रति पुनर्विचार गरी २०७९ बैशाख २१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन बैशाख १९ गते केन्द्रीय कार्यालयले सार्वजनिक अनुरोध गरेको र जिल्ला नेतृत्वले पटक-पटक अनुरोध गरेको सन्दर्भमा,

केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवारी कायमै राखेका पार्टी सदस्यहरू देवीप्रसाद सिलवाल(बेनिघाट रोराङ गाउँपालिका), कल्पना अधिकारी(नीलकण्ठ नगरपालिका), टेकजंग लामा(नेत्रावती डबजोङ गाउँपालिका), फुलबहादुर तामाङ(खनियावास गाउँपालिका) र सरिता तामाङ(खनियावास गाउँपालिका)लगायत निजहरूका प्रस्तावक र समर्थक साथै पार्टी र पार्टीले समर्थन गरेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, निजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरू नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ४ उपधारा १३(ग) बमोजिम आज उप्रान्त नेपाली कांग्रेसको सदस्य नरहेको व्यहोरा जानकारी गराइन्छ । साथै निजहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न सचेत गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here