सुनको मूल्यमा भारी गिरावट

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो।
मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ छ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here