खनियाबास कांग्रेस बाट बागी स्वतन्त्र उम्मेदवारका प्रमुख र उपप्रमुखले पाए चुनाव चिन्ह पुतली

धादिङ । स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्ताक्षप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन् । धेरैजसो कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टी र गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई दलले कारबाही गर्ने चेतावनी दिएपनि स्वतन्त्र उम्मेदवारले मनोनयन झिकेका छैनन् । प्राय चर्चित नेताहरुकै पालिका र वडामा बागी धेरै छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनकै गृह नगर खनियाबस गाऊँपालिकामा पनि कांग्रेस नेता फूल बहादुर तामाङले गाऊँपालिका प्रमुखमा बागी उम्मेदवारी कायमै राखेका छन् । गठबन्धनमा नेपाली कांग्रेसकै भागमा अध्यक्ष परे पनि अध्यक्षको दावेदार धेरै देखिए पछि ,विवाद मिलाउन नसकदा प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेसका नेताहरुले बागी स्वतन्त्र उम्मेदवारी दिएका छन। ‘
,दामन राजमार्ग जोडिएको खनियाबस गाउँपालिकाको अध्यक्षमा तामाङ स्वतन्त्र बागी विद्रोहमा उत्रिएका छन् ।कांग्रेसले उठाएको समृद्धि, संलग्नता र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न चाहने कार्यकर्ताहरुको
भावना विपरित विगतमा टेस्टेड भइसकेका उम्मेदवारको विरुद्ध आफु बागी उठेको फूल बहादुर तामाङले बताए।

स्वतन्त्र बागी उम्मेदवारका प्रमुखमा फूल बहादुर तामाङ र उपादक्षयमा सरिता तामाङ उठेकी छिन ।उठेका आफु जित्नको लागि मात्रै गरेको विद्रोह होइन, मेरो संघर्ष सिंगो महिला वर्गको उपेक्षा विरुद्ध हो’ तामाङ भन्छिन्–‘४० प्रतिशत महिलाले संविधानतह अधिकार पाउनुपर्ने अवस्थामा महिला विमुख हुन नदिनका लागि मेरो विद्रोह हो ।’
कांग्रेस महासमिति सदस्य समेत रहेका तामाङलाई गठबन्धन गर्ने नाममा पहिलो निर्वाचनमा पनि कांग्रेसले व्याक गराएको थियो । गठबन्धन जोगाउने नाममा गुट र उपगुटका हावी भएकै कारण पनि पुरुष हावी भएको उनले बताएकी छन् । ‘पार्टीले कारबाही गर्ला मलाई त्योसंग सवाल छैन, पार्टीभित्र बसेर काम गरेर आफ्नो अस्तित्व कायम राख्न सकिएन भने त्यो भन्दा ठूलो कारबाही केही हुन सक्दैन’ उनले भनिन् ।

अहिले यि दुई बागी उम्मेदारहरु खनियाबस गाऊँपालिकामा चुनाव लाड़नको लागि आफ्नो चुनावी चिन्ह पनि पुतली प्राप्त गरेका छन। भने अहिले उनीहरु आफुहरुलाई जिताउन चुनावी प्रचार प्रसारमा लागिरहेका छन।
स्वर्गीय नेता दामन पाख्रीनको मान प्रतिष्ठ प्रति कुनै आँच नआउने गरी उहाँको सम्मान स्वरूप नेपाली कांग्रेसको तर्फबाट बागी उम्मीदवार दिएको २ तामाङ बताएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here