इजरायल द्वारा सिरियामा आक्रमण, चारको मृत्यु

अन्तरास्ट्रिय खबर । सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।

बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ । सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकस नजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ र त्यस क्रममा सिरियाली कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।

सो आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको सिरियाली सरकारले जनाएको छ । सिरियाली सैनिक स्रोतले जनाएअनुसार यहाँका सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरु निस्तेज पारेर खसालिदिएको थियो । सिरियाली हवाई सुरक्षा सैन्य बलले प्रतिरक्षा गरेर ती मिसाइल खसालेपछि ठूलो क्षति हुनबाट रोकिएको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here