खनियाबासमा गठबन्धनलाई यसकारण ब्यवस्थित बनाउन सकिएन: प्रदीप फ्यूबा

काठमाडौ । बैसाख ११ गते हामी ३ दलीय प्रतिनिधि कांग्रेस गाऊँ कार्यसमितीबाट सभापति भाई मरिचमान तामाङ, नेकपा माओबादी केन्द्रबाट पालिका इंचार्ज दाई सेकेमान तामाङ र नेकपा (एकीकृत समाजबादी) बाट स्वयं म प्रदीप फ्यूवा….

धादिङबेशीको क्रिक रिसोर्टमा वार्ता छलफलमा बसियो…
खनियाबास गाऊँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ५ वार्ड अध्यक्ष र २ कार्यपालिका सदस्य भागभंडा गर्नु पर्ने अवस्था थियो…

नेपाली कांग्रेसले खनियाबासमा यो भंदा अगाडीको स्थानीय निर्वाचनमा बहुमतका साथ बिजय प्राप्त भएको हुनाले कांग्रेसले पालिका अध्यक्ष पाउने कुरा त गठबंधनको मापदण्डमै परे ।
उपाध्यक्ष नेकपा (एकीकृत समाजबादी) ले पाउने चर्चा थियो
तर स्थानीय नेकपा (एकीकृत समाजबादी) ले दावाका साथ दाबी गरिएन किनकी हाम्रो कारणले गठबन्धन नभत्कियोस भनेर ।
हाम्रो मागदाबी २ ओटा वार्ड सम्मा मात्रा थियो ।

वार्ड नम्बर ४ नेकपा ( एकीकृत समाजबादी) को पहिलो प्राथमिकताको दाबी थियो किनकी पहिले हामिले जीतेको वार्ड स्वभाबिक रूपमै गठबन्धनको मापदण्डले नै पाउनु पर्ने भएर ।

तर कांग्रेसले यो वार्ड कुनै पनी हालतमा नछोड़ने कुरा आयो र कांग्रेसमा सके सम्म सिंगल चुनाव लड्नपाए हुने भन्ने मनसाय देखियो । त्यसैले मैले दाई सेकेमानलाई माओवादी केन्द्र र नेकपा ( एकीकृत समाजबादी) मिलौ झण्डा पनी मिल्ने, उदेश्य र गंतव्य पनी मिल्ने जनताकोमा जान पनी सजिलो हुने भनेर प्रस्ताव राखे उहाले ओके भन्नु भयो ….. म ढुक्क थिए… ।

माओवादी केन्द्रलाई पालिका अध्यक्ष र वार्ड नम्बर १,२
नेकपा (एकीकृत समाजबादी) लाई पालिका उपाध्यक्ष र वार्ड नम्बर ३,४,५ मा मोटामोटी मौखिक सम्झौता भयो हाम्रो ।

केंद्रीय गठबन्धनलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता अनुसार एकचोटी कांग्रेससंग वार्तामा बसौ यदी न्यायोचित र आत्मासम्मान ढंगले समझौदा भएन भने मित्रवत् तवरले चुनावमा जाम भनौ र हामी हाम्रो ड्राफ़्ट तयार गरौ भन्ने भयो.. उहाँ पोज़िटिभ हूनु भो ।

त्यसपछी हामी जिम्मेवारी साथीहरु सबै संग्गै खाना खाए….. र एकछिन पछी धादिङको १३ ओटै स्थानीयको पालिका अध्यक्ष र उपाध्यक्षको लिस्ट आउट भयो
सोही लिस्ट हेर्दा खनियाबासमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओबादी केन्द्र आएछ … त्यत्तिकैमा दाई सेक्केमान र युवराज उठेर जानु भयो…. मैले माओवादी केन्द्र खनियाबास गाउँ संगठन कमिटीको अध्यक्ष लाल बहादुर तामाङलाई सोधे र उहाले लाउड स्पीकर फोन गर्दा दाई सेक्केमानले हामी सेफ भैहाले अब किन वार्ता गरिरनु परेउ मलाई सालिकराम दाइले भागीहाल भने अनी उठेर गएको भन्ने कुरा आयो म अचम्ममा परे… र मैले नै फोन गरेर बोलाए अली बेर पछी आऊनु भयो र हामी ३ दलकै प्रतिनिधि १०६ नम्बरको कोठामा बसेर छलफल गरिरहदा अघी भर्खर त्यत्रो मौखिक सम्झौता भएको दाई सेक्केको बोली पुरै परिवर्तन भैसकेछ कांग्रेसले बोल्ने बोली उहाले मलाई प्रयोग गर्नु भयो ३ नम्बर लिएर एउटा वार्डमा चित्त बुझाउ भाई भन्दै मलाई प्रेसर गर्नु भो मैले मेरो अडान राखीराखे त्यत्तिकैमा सेमजोङको राम दाईले मलाई बाहिर लानु भयो र मैले मेरो सबै कुरा भने ऊहाँ प्रष्ट हूनु भो र एकै छिनमा दाई सेक्केमान पनी आऊनु भो मैले उहाँलाई भने तपाइले एकाएक कांग्रेसको बूई चडेर मलाई किन पेलेको भंदा मैले पेलेको जस्तो गरेको मात्रा हो उनिहरुको मन जित्नलाई बुझ्नु पर्छनी भनेर सस्तो उत्तर दिनु भयो म स्तब्ध भए… तर पुन भित्र कोठा छिरे र फेरी त्यही अडान राखीराखें तर चलमल्ला भएन….

त्यसपछी मैले मा. दिलमान पाख्रीनलाई कुरा राखें सकेसम्मा खनियाबासमा स्वस्थ गठबन्धन तपाईलेनै हस्तक्षेप गरेर भए पनी गरी दिनुहोस ताकी यो गठबन्धनको क्रेडिड तपाईले मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा पाउनु हुने छ भनेर भंदा उहाले मिलाउछु भंदा भन्दै क्लीयर डिजिसन दिनु भएन ….उहाँले मरिचमान संग कोअप गर्नु भन्नु भोः…

फेरी बेलुका तीर आरके होटेलमा छलफल गरे कांग्रेस साथीहरु निक्कै थियो तर त्यही कुरा….

त्यसपछी नेकपा ( एकीकृत समाजबादी ) मोटामोटी खनियाबासको गठबन्धनबाट बाईपास भएको महसूस गरे…. त्यसपछी म रिसोर्ट गए तर निंद्रा लागेन भोली १२ गते अंतिम मनोनयन दर्ताको दिन थियो बेलुका २.३० तीर सुतेको बिहान ५ बजे उठेर पालिका जान तयार गरे र बिहानको ६ बजे तीर अन्तिम प्रयास गरौं भन्ने सोचले भाई मरिचमानलाई फोन गरे भेट्ने कुरा भो म आरके होटेल गए मा. दिलमान पाख्रिन पनी हूनु हुदो रहेछ मैले ठिकै छ वार्ड नम्बर ४ कै कारणले गठबन्धन नभएकै हो भने अर्को वार्ड दिनुस भंदा आलटाल भयो …. गठबन्धनको अर्थ मिल्नु समझदारी हूनु हो ।
अंगालो हाल्नु हो, माथी चडेर थिच्ने हैन,
कचौरा थापेर मागेको जस्तो भयो गठबन्धन त्यसैले चुपचाप
म पालिका हीडे …..र दाई सेक्केमानलाई फोन गरे र म्यासेज पनी गरे जे भयो तपाईको दोहोरो भूमिकाको कारण भयो दाई!
दाजु भाई मिलेर कांग्रेस संग बार्गेनिङ गर्नु पर्ने ठाऊमा उल्टो कांग्रेसको बूई चडेर मलाईनै न्यागीङ गर्नु भो भनेर भने

जे जस्तो भए पनी अंतत नेकपा (एकीकृत समाजबादी) आफ्नो अस्तिप्तो रक्षाको निम्ति भए पनी उम्मेदवारी दिनु पर्ने भयो….
गठबन्धन हुने र २ ओटा वार्ड पाउने कुराले उम्मेदवारी पनी सिमित मात्र तयार गरेका थिए ,,,
अध्यक्ष पदको उम्मीदवारी म आफैले दिने भयो तर हाम्रो पालिका कमिटीका अध्यक्ष फूर बहादुर तामाङले उपाध्यक्षमा रहर गरे पछी मैले दाई सेक्केलाई फोन गरे तपाई पनी उपाध्यक्ष यहाँ सरले पनी उपाध्यक्षमै दाबी गरीरहनु भाको छ भंदा उहाले गरोस भन्नु भोः…
मैले मनोनयनको शुल्क धरी तिरीसकेको उम्मीदवारीको डकूमेंट फिर्ता गरे …….. …….,उहाले आफ्नो उम्मेदवारी नेकपा (एकीकृत समाजबादी) बाट पालिका उपाध्यक्षमा दर्ता गर्नु भयो ……
गठबन्धनको आसले धेरै कुराहरु बंधनमा पारियो …… बडो पिडा महसूस गरे.. …. ……. राजनीति यस्तै भएर फ़ोहोरी खेल भनेको रहेछ ……. …….

यसपालिको स्थनीयया चुनाबको माहोल हेर्दा खनियाबासमा धमिलो पानीमा माछा मार्ने भंदा केही फरक भएन ।

प्रदीप फ्यूबा (प्रत्यासी उम्मेद्वार २०७४)
खनियाबास गाऊँपालिका, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here