नीलकण्ठ ११ को वडा अध्यक्षमा राप्रपा बाट श्याम बिक्रम शाहको सर्बसम्मत उम्मेदवारी

धादिङ । स्थानिय चुनाबको मिति नजीक हुदै गर्दा दलहरु बिच उम्मेदवारी दिन तँछाड मछाड गरिरहेका छन एबंम आकांक्षीहरु धेरै भईरहेको अबस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी नीलकण्ठ ११ ले भने श्याम बिक्रम शाहलाई सर्बसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ ।

निलकन्ठ नगरपालिका भित्रकै सर्बाधिक चर्चा र चासो को रुपमा हेरिएको यस वडामा गत स्थानिय चुनाबमा माओवादी केन्द्रले आफ्नो पोल्टामा पारेका थिए, भने झिनो मतअन्तरले नेपाली कांग्रेस पराजित भएको थियो । अहिले कांग्रेस, माओवादी केन्द्र लगायतका पार्टीहरुमा आकांक्षीहरुको सङ्ख्या दर्जनौं पुग्नु, अहिलेसम्म साझा उम्मेदवार घोषणा गर्न नसक्नु लगायतको कमीकमजोरीको फाईदा उठाउदै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय साथ लागेका छन । राप्रपा ले वडा सदस्य सहितको नाम छनोट गरि छिटै घोषणा गर्ने प्रचारप्रसार संयोजक उज्जल धमलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here