ज्वालामुखी गा.पा. ३ को वडा अध्यक्षमा पुष्कर तामाङको उम्मेदवारी

सन्दिप स्याम्चेन तामाङ, धादिङ । ज्वालामुखी गाउँपालिका वडा न ३ निवासी पुष्कर तामाङ नेपाली कांग्रेस सोही वडाको वडा सभापति पनि हुनुहुन्छ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि योग्य वडा अध्यक्ष रहेकोले उहाको एक नम्बर मा आफ्नै नाम सिफारिस गरि दावी गरेका छन ।

२०७४ सालमा पनि केही मतले पराजित हुन पुगेका उहाँ यो पाली जित सुनिश्चित र पाच बर्ष भित्र पुरै तयारीका साथ उठ्न लागेकोले, ज्वाला मुखी ३ का जनताहरुले उहालाइ नै उठ्न र उहाकै खाचो रहेको सल्लाह सुझाव आए पछि उहाँ उठने निश्चित भएको हो । बिगत लामो समय देखि जनताको लागि दिन रात नभनी सधै खटिरहेको, भोकै भएनी गाह्रो अप्ठ्यारो परेको बेला जनतालाइ सेवा गर्दै आइरहेको जनताले पनि मुल्यांकन गरेकोले उहाँ जनता कै रोजाइमा उम्मेदवार हुन लागेको उहाको दावी रहेको छ । उहाँ विभिन्न संघ सस्थ धार्मिक क्षेत्रमा समेत आबद्ध भएर समाजिक कार्य र जनता कै लागि खटिरहेको बताउनु हुन्छ । सानै देखि सहयोगी अनि दयालु स्वाभावका तामाङ सानालाइ माया ठुलालाई आदार सत्कार मान सम्मान गर्ने, देश बिदेश घुमेर धेरै अनुभव सगालेका उहाँ त्यही बिकास क्रमलाई आफ्नै गाउँ ठाउमा ब्यबहारिक रुपमा लागू गराउन चाहनु हुन्छ । आफू मरेर गएनी आफ्नो योगदन सधै भरी अम्मर रहिरहनका लागि समाजमा केही छाप छोडेर जानका लागि उहाँ राजनीति र समाजिक कार्यहरुमा होमिएका हुन । भुकम्प र कोरोनाको बेला आफ्नो गाउमा केही राम्रा कामहरु गरेकोमा जनताहरु र त्यहाका युवाहरुको मन जित्दै उहाले वडा अध्यक्षको दावी गरेका हुन । उहाले ज्वालामुखी ३ लाई कसरी बिकास गर्नु पर्छ बिकास क्रम लाई पुरै तालिका बनाइ पालिका भरी कै नमुना वडा बिकास को वडा अध्यक्ष बन्न चाहेको र बोलेर होइन गरेर देखाउ भन्ने सोचका साथ लागि पर्ने प्रतिबद्ध गरेका हुन । नेता प्रेमी होइन जनता प्रेमी नेतालाइ भोट दिन अग्रह गर्दै चुनावको तयारीमा लागिरहेको तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here