रसुवामा सत्ता गठबन्धन दलहरुको बैठक सम्पन्न: सबै पालिकामा चुनावी तालमेल हुने

    सानू बहादुर तामाङ, रसुवा । नेपाली काङ्ग्रेस रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तमाङको अध्यक्षतामा सत्तारुढ दलहरुको गठबन्धन बैठक सम्पन्न भएको छ ! बैठकमा नेपाली काङ्ग्रेसको सभापति पेम्बा छिरिङ तमाङ, ने.क.पा. माओवादी केन्द्र संयोजक मेघनाथ घिमिरे`प्रभाकर´, ने.क.पा. एकीकृत समाजवादी अध्यक्ष बिष्णु प्रसाद देवकोटा र जनता समाजवादी अध्यक्ष भुमे लामा सहभागी थिए !

    बैठकले सरकारमा सहभागी रसुवाको ४ दल आगामी स्थानीय निर्वाचनका लागि केन्द्रिय संयन्त्र तथा बागमती प्रदेशको संयन्त्रको निर्देशन अनुरुप अघि बढ्ने निर्णय गरेको छ ! बैठकले रसुवाको ५ वटै गाउँपालिकामा गाउँपालिका स्तरिय संयन्त्र समेत निर्माण गरेको छ जसमा आमाछोदिङमो गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट बुचुङ तमाङ, ने.क.पा. माओवादी केन्द्र लाक्पा तमाङ, ने.क.पा. एकीकृत समाजवादी सुजय लामा र जनता समाजवादी अशोक लामा गोसाइकुण्ड गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट राजु तितुङ, ने.क.पा. माओवादी केन्द्र तेन्जेन छेसाङ, ने.क.पा. एकीकृत समाजवादी दावा लोप्साङ र जनता समाजवादी बुनिमा तमाङ कालिका गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट कुमार देवकोटा , ने.क.पा. माओवादी केन्द्र अर्जुन देवकोटा , ने.क.पा. एकीकृत समाजवादी राम प्रसाद न्यौपाने र जनता समाजवादी टेक प्रसाद लामिछाने
    नौकुण्ड गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट श्याम कुमार गुरुङ, ने.क.पा. माओवादी केन्द्र जयराम घले, ने.क.पा. एकीकृत समाजवादी कमल बहादुर घले र जनता समाजवादी भुमे लामा उत्तरगया गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट उपेन्द्र लम्साल, ने.क.पा. माओवादी केन्द्र यमनाथ आचार्य, ने.क.पा. एकीकृत समाजवादी बिनोद लामिछाने र जनता समाजवादी ज्ञानेन्द्र आचार्य छनौट भएका छन !

    बैठकले पालिका स्तरिय संयन्त्रले सबै गाउँपालिकाको अवस्थाको बारेमा बिश्लेषण गरेर गठबन्धनको उम्मेदवार सिफारिस गर्न समेत निर्देशन दिएको बताइएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here