नेपाली काङ्ग्रेस पार्टी भित्र,टिकटको कुरा नमिल्दा खुकुरी हानाहान ।धादिङ ,

काठमाडौं । स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा टिकट कसले पाउने भन्ने रडाको छ । धादिङ कांग्रेसमा टिकटको विषयलाई लिएर दैनिक जसो कुटाकुट हुने गरेको छ । केहीदिनअघि निलकण्ठ नगरपालिका ११ का दिपक धमला कुटिए ।

मंगलबार भने धादिङबेशी बजारमै ठूलो झडप भएको छ । सभापति रामनाथ अधिकारी पक्ष र प्रत्यासी भिम ढुंगाना पक्षबीच कुटाकुट भएको हो । सिरानबजारमा भएको झडपमा तीन जना घाइते भएका छन् ।
रामनाथ समुहमाथि आक्रमण गर्न भिम ढुंगानाले गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहलाई परिचालन गरेका थिए । तर, रामनाथ समुहले प्रतिकार गर्दा राधे समुहका व्यक्तिहरु घाइते भएका छन् । एक सर्वसाधरण समेत उक्त घटनामा गम्भिर घाइते भएका छन् ।
घाइतेहुनेहरुमा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ति रहेका छन् । कार्की सर्वसाधरण हुन् । उनीहरुलाई धादिङ अस्पतालमा साधारण उपचार गरि काठमाडौं पठाइएको छ ।
स्रोतका अनुसार झडपमा दुबै समुह हातहतियार सहित उत्रिएका थिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीलाई केही थाहा नभएको बताए । ‘अहिले मलाई केही थाहा छैन । भोली विहान मात्रै थाहा हुन्छ,’ भण्डारीले भने,‘भोली नै सम्पर्क गर्नुहोला ।’

                                     दियो-पोष्टबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here