नेपालको निर्यात अहिले सम्मकै बढी

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्याङ्कले नेपालको निर्यात अहिलेसम्मकै बढी भएको देखाएको छ।

तर नेपालबाट अन्य मुलुकमा बाहिरिएका वस्तुको सूचि हेर्दा नेपालको दुई प्रमुख निर्यात वस्तुका रूपमा रहेका पाम तेल र सोयाबिन तेल दुवैको कच्चा पदार्थ लगभग सबैजसो नेपालमा उत्पादन भएका नभई बाहिरबाट नेपाल आएको र अनि अधिकांशत: भारत गएको देखिन्छ।

गत वर्षको कुलभन्दा धेरै निर्यात देखिए पनि त्यसको आधाभन्दा धेरै हिस्सा आयातित कच्चा पदार्थमा आधारित वस्तु रहेको सरकारी विवरणले देखाएको छ।

नेपालमा कच्चा पाम तेल मुख्य रूपमा मलेसिया र इन्डोनेशियाबाट आयात हुन्छ भने कच्चा सोयाबिन तेल दक्षिण अमेरिकी देशहरू, युक्रेन र इन्डोनेशियासम्मबाट आउँछ।

त्यसको निर्यात मुख्य रूपमा भारतमा हुने गरेको छ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालबाट १ खर्ब ४७ अर्बभन्दा धेरै बराबरको वस्तु निर्यात भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here