नेरकोमो आधारभूत विद्यालय झार्लाङको वार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

धादिङ । उत्तरी धादिङको खनियाबास – २ स्थित नेरकोमो आधारभूत विद्यालय झार्लाङको वार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । खनियाबास गाउँपालिकाको स्रोत व्यक्ति कपिल देव ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको विद्यालय स्रोतले बताएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुको साथै अभिभावकहरूलाई म्युजिकल चियर र डोरी तान्ने खेल समेत खेलाइएको प्रेम तामाङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here