हिमाल जोगाउन सबै एकजुट हुनु पर्ने: प्रधान मन्त्री देउवाको भनाइ

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्रहरू जेगाउन अति आवश्यक भएको बताए। चन्द्रागिरीमा आयोजित ‘पर्वतीय समस्याहरूको दिगो समाधान गर्न नीतिगत क्षेत्रीय बहस’ कार्यक्रमको उद्घाटन गर्दै बुधबार यस्तो बताए । हिमालले विश्वका आधाभन्दा बढी जनसंख्यालाई पानी उपलब्ध गराइरहेको छ। तर, जलवायु परिवर्तनको असरले हिमालमा नराम्रो प्रभाव परिरहेकाले त्यसलाई जोगाउनु आवश्यक रहेको बताए। 

यो विषय सरकारको प्राथमिकतामा पनि रहेको उनको भनाइ थियो। ‘हिमाल जोगाउन पर्वतीय मुलुकहरू एकजुट भएर जलवायुसम्बन्धी विषयमा गहन छलफल गर्न जरुरी छ,’ देउवाले भने, ‘नेपालले ग्लास्गोस्थित २६ औं जलवायु सम्मेलनमा पनि हामीले यस विषयमा कुरा उठाएका छौं।’ 
सरकारले सुरु गरेको वर्षभरी हुने कार्यक्रमले पक्कै पनि सचेतना ल्याउनेमा उनले विश्वास व्यक्त गरे। सरकारले हिमालका मुद्दामा विभिन्न खालका कार्यक्रमहरू वर्षभरी नै गर्ने बताए। ‘हिमालले लाखौं मानिसलाई स्वच्छ पानी उपलब्ध गराइरहेको र विभिन्न थरीका वनस्पति र वन्यजन्तुको उचित बासस्थान बनिरहेकाले हिमालको संरक्षण अपरिहार्य छ,’ देउवाले भने। 
जलवायु परिवर्तन र पृथ्वीको तापक्रम थप बिग्रनबाट जोगाउन अन्तर्राष्ट्रिय समुदाय पनि उत्तिकै सजक हुनुपर्ने बताए। वैज्ञानिक अध्ययनहरूले समेत जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू  बढेको, मौसममा परीवर्तन आएको, विश्वव्यापी तुलनामा हिमाली क्षेत्रको तापक्रम छिटो बढेको, हिमाल पग्लँदै गएको, खडेरी, बाढीपहिरो लगायतका घटना बढेको जनाए।  कार्यक्रमको पहिलो दिन पर्यावरणीय विकासका लागि प्राकृतिक उपायहरू महत्त्वपूर्ण रहेको प्रम देउवाले बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here