संगठन बिस्तारमा अनेरास्ववियू (क्रान्तिकारी) धादिङले बढायो सक्रियता

धादिङ, चैत – ९ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) धादिङले २० दिने संगठन निर्माण तथा बिस्तार अभियान संचालन गरेको छ जस् अनुसार बुधबार गजुरी गाउँपालिकाको आदर्श बहुमुखी क्याम्पसमा इकाई गठन बिस्तार सम्पन्न गरेको छ । गणेश पाण्डेको अध्यक्षतामा १५ सदस्यीय मुल इकाई गठन गरिएको अखिल क्रान्तिकारी धादिङको संगठन बिभाग प्रमुख एब जिल्ला सह सचिव संगम तामाङले होराईजन खबरलाई बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गजुरी गाउँपालिका अध्यक्ष सुर्य ब. तामाङको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरु पालिका पार्टी कोषाध्यक्ष सुनिता पाण्डे एबं अखिल क्रान्तिकारी जिल्ला सह सचीव एबं संगठन बिभाग प्रमुख संगम तामाङको आतिथ्य रहेको थियो साथै अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य एब जिल्ला सदस्यीयहरुको आतिथ्य रहेको तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here