मतपत्रको मसी परिवर्तन गर्ने निर्णय(निर्वाचन आयोग) 

काठमाडौं ।  मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगलेमतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुनेभएको हो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएकोआयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोगगरेको थियो ।

“मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार (निलो) को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासाआएका थिए”, उनले भने, “मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तनगरिएको हो ।”

वरिष्ठ साहित्यकार, गीतकार र सङ्गीतकारको संलग्न समितिले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो÷भिडियोसामग्री निर्माणका लागि प्राप्त रचनाको मूल्याङ्कन गरिरहेको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिकको काम भइरहेको आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचनादिनेलगायत क्रियाकलाप चलिरहेको आयोगले जनाएको छ । मतदाता अद्यावधिकका काम यही फागुन २६ गतेसम्म जारी रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here