‘परदेशी–२’ आगामी दशैमा सार्वजनिक हुने

काठमाडौ । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्र आगामी विजयादशमीमा प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले बुधबार चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । 

सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् । र, यो चलचित्र परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैँलाई रोज्नुपरेको हो’– निर्माता राजेश वंशलले बताए । गीतकार रमेश बि.जी.को कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथम ानीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देवेन्द्र बब्लु लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमी कमजोरीहरुलाई समेत यो चलचित्रमा मसिनोगरी केलाउन पाएका छौं’ निर्देशक रायमाझीले भने, ‘त्यसैले विगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी –२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’ 

बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिएका छन् । सुदिप कुँवरको सह–निर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, मानकृष्ण महर्जनको छायाँकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको गीत तथा साउण्ड मिक्सिङ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here