खनियाबस-१ मा कर्मचारी कुटेको प्रकरणमा,असंतुष्टि जनाऊदै युवा संघले निकाले यस्तो विज्ञप्ति । 

धादिङ,फाल्गुन,२४,

खनियावास गाउँपालिकामा कार्यरत कर्मचारीहरु माथि कुटपिट भएको भनि हिजो निकालेको प्रेस विज्ञप्ती प्रति राष्ट्रिय युवा संघ नेपालखनियावास गाउँपालिका कमिटीले प्रेस विज्ञप्ती मार्फत असन्तुष्टी जनाएको हो ।

राष्ट्रिय युवा संघ नेपालका नेता राजु तामाङ र राष्ट्रिय युवा संघ नेपाल खनियावास गाउँपालिका कमिटी अध्यक्ष धनु तामाङको नामजोडेर बढाईचढाई गरेर विज्ञप्ती निकालेको प्रति असन्तुष्ट जनाएका हुन् ।

निश्चित प्रतिशत रकम योजना अनुगमनकर्ता र प्राविधिकलाई नबुझार्ई जति राम्रो काम गरेपनि योजना पास नहुने अर्को तर्फ आफ्नैपार्टी र कमिशन पाए जस्तोसुकै योजना पनि पासन नहुने प्रवृति गाउँपालिकामा विगत देखि नै गम्भिर रुपमा देखिएको समस्या भएकोविज्ञप्तीमा भनिएको छ ।

खनियावास गाउँपालिका वडा नम्बर २ को अध्यक्षको श्रीमतिले केहि वर्ष अघि योजना समितिका मान्छेलाई खुल्ला रुपमा कमिशनमागेको अडियो छरफस्ट बनेको, खनियावास गाउँपालिका वडा नम्बर १ मा रहेका जोङ खेल मैदान निर्माण प्रस्ताव अनुगमन गर्न आएकाप्राविधिक टोलीले योजना समिति सँग लेनदेनको कुरा पहिला मिलाउन पर्ने नत्र योजना पास नहुने कुरा राखेको र प्राविधिकहरुलाईफिल्डमा नै गई खर्चको यर्थाथ विवरण बुझि वडा तथा पालिकाकै रोबहरमा रकम भुक्तानी गरिदिनु हामी समितिको तर्फबाट आवश्यकसहयोग गर्न तयार छौं भनेर अनुरोध गर्दा कुनै जवाफ नदिई वेवास्ता गरेपछि उल्टै धाकधम्की दिएपछि गाउँका जनताले बहिस्कार गर्छौ रजुत्ताको माला लगाउछौं भन्ने कुरा गर्दा धकेलाधकेल भएको कुरालाई तोडमोड र बढाईचढाई गरि कुटपिट सम्म गरेको भन्नु गलत रहेकोविज्ञप्तीमा उल्लेख छ ।

साथै पालिकाका कमर्चारी र प्राविधिकहरुले आफ्नो आचरण सुधार गरि जनताको सेवक भएको काममा फर्किन अनुरोध गर्दै बार्ता रसंवाद मार्फत समस्या समाधान गर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here