५० लाख भन्दा बढीले खोले डीम्याट खाता

काठमाडौ । सीडीएस एण्ड क्लियरिङका अनुसार हितग्राही (डीम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ।  केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार मंगलबारसम्म डीम्याट खाता खोल्नेको संख्या ५० लाख ७ हजार २४२ पुगेको छ। यस्तै मेरो सेयर खाता खोल्नेको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ।

यस्तै बुधबारसम्म ८ अर्ब २० करोड ३८ लाख २३ हजार८८२ कित्ता सेयर विभिन्न व्यक्तिका डीम्याट खातामा जम्मा भएको छ। पुँजी बजार प्रविधिमैत्री भएपछि आमलगानीकर्ताको आकर्षण बढ्न थालेको हो। 
धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै आइपीओको आवेदनमा डिम्याट खाता अनिवार्य बनाइएको छ। जसका कारण खाता खोल्नेको संख्या बढेको हो।  डीम्याट खाता नभएकाहरुले दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here