रुस युक्रेन युद्धमा ३५० भन्दा बढीको मृत्यु ५ लाख बढी घरबार विहीन

एजेन्सी । युक्रेनका प्रमुख शहरहरूमा हाल पनि युद्ध भइरहेको छ। अहिलेसम्म १४ बालबालिकासहित ३५० सर्वसाधारणको मृत्यु भएको छ। पाँच लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन्। 

२८ फेब्रुअरीमा रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकियो। दुबै देश वार्ता जारी राख्ने कुरामा भने सहमत भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघको सदस्यता माग गरेका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा दुवै रुसी आक्रमणको मामिलामा सक्रिय छन्।
संयुक्त राष्ट्र संघको विशेष सुत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारको प्रयोगलाई कुनै पनि हालतमा जायज ठहराउन नसकिने बताएका छन्। 
युक्रेनमाथिको आक्रमणका कारण रुसले विश्वव्यापी रूपमा एक्लोपनको सामना गरिरहेको छ। संयुक्त राज्य अमेरिकाले सोमबार १२ रुसी कूटनीतिज्ञलाई राष्ट्रसंघीय मिसनबाट फिर्ता हुन आग्रह गरेको छ।
फेब्रुअरी २१ मा, रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएका थिए। यसको भोलिपल्ट नै सैन्य अपरेशन घोषणा गरेका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले सोमबार युक्रेनमा रुसी आक्रमणको अनुसन्धान सुरु गरेको बताएका छन्। उनले छिट्टै सुनुवाइ हुने बताए।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यताबाट रुसलाई हटाउन आह्वान गरेका छन्।
युक्रेनको उत्तरपूर्वी सहर ओखात्यारकामा आइतबार रुसी आक्रमणमा परी कम्तीमा ७० युक्रेनी सैनिकको मृत्यु भएको छ। यस क्षेत्रका प्रशासक दिमित्रो जायवेस्कीले रुसी आक्रमणमा एउटा सैन्य इकाई ध्वस्त भएको बताएका छन्।
उनले भने, ‘धेरैको ज्यान गएको छ। ७० युक्रेनी सैनिक अन्त्येष्टिको तयारीमा छन्। धेरै रूसी व्यक्तिहरूको पनि मृत्यु भएको छ। उनीहरुको शव रेड क्रसलाई हस्तान्तरण गरिएको छ।
बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here