कहिले पनि सकिने छैन एमसीसीको दुःख। 

अनुमान नै नगरिएको राजनीतिक विवाद पार गरेको एमसीसीको ‘दुःख’ अझै सकिएको छैनपरियोजनाले जग्गा प्राप्ति  वातावरणीय तथा सामाजिक मुद्दाहरुको सामना गर्न बाँकी नै  एमसीसीबारे आम जनताको बुझाइका कारण पनि परियोजना कार्यान्वयन झन् चुनौतीपूर्ण हुनेछ 

 २०७८ फागुन १५ 

१५ फागुन, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपाल सरकारले गरेको कम्प्याक्ट संसदले अनुमोदन गरेको छ ।योसँगै एमसीसी अन्तर्गत नेपालमा सञ्चालन हुने प्रसारणलाइन र सडक आयोजनाको निर्माण थाल्नुअघि पूरा गर्नुपर्ने ६ मध्ये ५ वटापूर्वशर्त पूरा भएको छ ।

तर राजनीतिक विवादका बीचमा अनुमोदित एमसीसी परियोजनाले प्राविधिक र समाजिक चुनौतीहरुको सामना गर्नुपर्नेछ ।अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार अनुमान नै नगरिएको राजनीतिक विवाद पार गरेको एमसीसीको ‘दुःख’ अझै सकिएको छैन, परियोजनाले जग्गा प्राप्ति र वातावरणीय तथा सामाजिक मुद्दाहरुको सामना गर्न बाँकी नै छ । 

एमसीसीबारे आमजनताको बुझाइका कारण पनि परियोजना कार्यान्वयन झन् चुनौतीपूर्ण हुने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here