लापाङ फेदी पुलमा यस्तो अपरिपक्व बाटो,जनताले कहिले सम्म खेप्न ?

धादिङ ,फाल्गुन१३,

त्रिपूरा सुन्दरी गा.पा मा पर्ने लपाङ फेदीको पुल लगभग एक वर्ष पुरा भई नसकदै पुलको छेउमा भत्कीएको छ।यस रोडबाट दैनिक रूपमा खनियाबस,रूबीभ्यली,रि का जनताहरु दैनिक रुपमा हिडि रहेका छन।यो निर्माण गरेको ६महिना अगाडी देखी भत्कीएको पुल भने जस्ताको त्यस्तै छ,निर्माण कम्पनीले करिब २ वर्ष सम्ममा आफुले जिम्मा लिएर २ वर्ष भित्र, कतै बिग्रेको वा भत्केको अवस्थामा,आफैले मर्मत संबार गर्नु पर्ने प्रावधान रहे पनि, न यहाँ प्रसासन बोलेको छ ,न कुनै जनताबाट निर्वाचित प्रतिनिधिहरूले नै बोलेको छ,सबै मौन बसिरहेका छन,यो ठेक्का लिने निर्माण कम्पनी भने रसवा कंस्ट्रक्शन र जय बिष्णु निर्माण सेवाले ज़िम्मा लिएका हुन ।

कंस्ट्रक्शनले निर्माण गरेको २ वर्ष भित्र भत्केमा, कंस्ट्रक्शन स्वयमले बनाउने प्राबदान रहे पनि यो पुलमा भने लागु हुन सकेनन।यस क्षेत्र परिसरमा उत्तरी क्षेत्रको जनताले भने पटक पटक ज्यान घुमाउनु परेको धेरै छ, बिगत २ वर्ष अगाडी कै घटनालाई मात्रै हेर्ने हो भने नि यस रोडको परिसरमा यस्तै बाटोका कारण २० जानाको मृत्यु भएको तथ्यङक रहेको छ,

जनताले निर्वाचित गराएका प्रतिनिधिहरु खेम लोहोनी,जगत सिमखड़ा हुन ,भने पुर्व कानुन राज्य मंत्री दिलमान पाख्रीन,परसुराम तामाङ र पुर्व गृह मंत्री बुद्धिमान तामाङ लगातका क्षेत्र हुन तर यहाँबाट  कयौ पटक आवतजावात हुदा पनि कसैले चासो राखेका छैन। उक्त पुल निर्माण कम्पनी मानिसहरु भने ढुक्क साथ बसिरहेको छ,भने यसको सस्ती उत्तरी भेकका जनताहरुले भोगि रहेका छन।

पुल छेउ छाउ छुट्टीनुका साथै पुलको छेउबाट दैनिक आवतजावात गरिरहेका गाडीहरुलाई समेत असर परिरहेको प्रस्ट छ, त्याहि पनि कसैको ध्यन केन्द्रीतमा नभएको अवस्था छI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here